इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ : ट्रम्प

हिमाल प्रेस २३ जेठ २०८३ २०:०० | Saturday, June 6, 2026
6
SHARES
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ : ट्रम्प फाइल तस्बिर

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अझै पनि करिब २२ प्रतिशत क्षेप्यास्त्र बाँकी रहेको बताएका छन्।

एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको दाबी गरे।

उनले भने, ‘तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशतमात्र बाँकी छ।’

इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो। यसअघि उनले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आएका थिए।

इरानको सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ।

दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो।

दुई देशबीच चेतावनी र हिंसाले भड्किएको हप्तौँदेखिको जटिल वार्ताले युद्ध अन्त्य गर्ने सम्झौता गर्न असफल भएको छ।

यसैबीच, अर्को एक प्रसंगमा राष्ट्रपति ट्रम्पले ‘इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको’ पनि बताएका छन्।– रासस

प्रकाशित: २३ जेठ २०८३ २०:०० | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast