पार्टी रूपान्तरण र जनसम्बन्ध विस्तारका लागि शंकर पोखरेलले सार्वजनिक गरे ७ बुँदे धारणा

हिमाल प्रेस २३ जेठ २०८३ १२:०४ | Saturday, June 6, 2026
18
SHARES
पार्टी रूपान्तरण र जनसम्बन्ध विस्तारका लागि शंकर पोखरेलले सार्वजनिक गरे ७ बुँदे धारणा

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी रूपान्तरण र जनसम्बन्ध विस्तारका लागि ७ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। पार्टीमा ‘नेतृत्व परिवर्तनसहितको रूपान्तरण’को चर्किएको बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन्।

महासचिव पोखरेलले गम्भीर आत्मसमीक्षा, कमिटी प्रणालीको पुनर्स्थापना, सामूहिक नेतृत्वको विकास, वर्गसंघर्ष तथा राजनीतिक संघर्षमा सक्रियता, जनपक्षीय जीवनशैली, लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण तथा नीति र नेतृत्व स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजीलाई पार्टी रूपान्तरणका प्रमुख आधारका रूपमा उल्लेख गरेका छन्।

उनले रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार रहेको उल्लेख गर्दै एकता, अनुशासन र विधिसम्मत संस्थागत प्रक्रियामार्फत मात्रै यस्ता उद्देश्य हासिल गर्न सकिने बताएका छन्।

लामो समय पार्टी अध्यक्ष केपी ओलीनिकट रहँदै आएका महासचिव पोखरेल पनि पछिल्लो समय नेतृत्व परिवर्तन गरेर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन्।

आफ्नो कोर टिमकै प्रभावशाली नेताहरूले साथ छाडेपछि ओली भने सचिवालयमै अल्पमतमा छन्। यद्यपि उनले आफूले नेतृत्व नछाड्ने बताइसकेका छन्। ओलीको अडान र नेतृत्व परिवर्तनको पक्षमा देखिएको बहुमतबीच एमाले कसरी अघि बढ्छ भन्ने चासोको विषय बनेको छ।

प्रकाशित: २३ जेठ २०८३ १२:०४ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast