काठमाडौँ- प्रभुशम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि रु १० लाख प्रदान गरेको छ। चार वर्षदेखि कोषले प्रत्येक वर्ष सोहीअनुसारको रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ । चिडियाखानामा ‘हिस्टोरिकल थ्रिडी लायन केज म्युजियम’ सञ्चालन गर्न कोषले रु १५ लाख बराबरको चेक प्रदान गरेको छ ।
कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसका अवसरमा उक्त रकम चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।
विश्व वातावरण दिवसका अवसरमा चिडियाखानामा लालीगुराँसका बिरुवा रोपिएका छन् । शुक्रबार नै ‘फ्रेन्डस् अफ जु’ का २५ जना विद्यार्थीलाई वातावरण संरक्षणमा उत्कृष्ट योगदान गरेबापत कार्यालय प्रमुख साहले पुरस्कार प्रदान गरे ।
प्रकाशित: २३ जेठ २०८३ ११:३४ | Saturday, June 6, 2026
प्रतिक्रिया




