चिम्पान्जीको भरणपोषणका लागि १० लाख प्रदान

हिमाल प्रेस २३ जेठ २०८३ ११:३४ | Saturday, June 6, 2026
16
SHARES
चिम्पान्जीको भरणपोषणका लागि १० लाख प्रदान

काठमाडौँ- प्रभुशम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि रु १० लाख प्रदान गरेको छ।  चार वर्षदेखि कोषले प्रत्येक वर्ष सोहीअनुसारको रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ । चिडियाखानामा ‘हिस्टोरिकल थ्रिडी लायन केज म्युजियम’ सञ्चालन गर्न कोषले रु १५ लाख बराबरको चेक प्रदान गरेको छ ।

कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसका अवसरमा उक्त रकम चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

विश्व वातावरण दिवसका अवसरमा चिडियाखानामा लालीगुराँसका बिरुवा रोपिएका छन् । शुक्रबार नै ‘फ्रेन्डस् अफ जु’ का २५ जना विद्यार्थीलाई वातावरण संरक्षणमा उत्कृष्ट योगदान गरेबापत कार्यालय प्रमुख साहले पुरस्कार प्रदान गरे ।

 

प्रकाशित: २३ जेठ २०८३ ११:३४ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast