बर्लिनमा २० वर्षपछि खुल्यो गणेश मन्दिर

हिमाल प्रेस २२ जेठ २०८३ १५:४८ | Friday, June 5, 2026
10
SHARES
बर्लिनमा २० वर्षपछि खुल्यो गणेश मन्दिर

जर्मनीको राजधानी बर्लिनको नोएकोल्न क्षेत्रमा रहेको ‘श्री गणेश मन्दिर’ २० वर्ष लामो प्रतीक्षापछि सर्वसाधारणका लागि खुला गरिएको छ। यो भव्य मन्दिर सप्ताहन्त विशेष रूपमा सर्वसाधारणका लागि खोलिएको हो। मन्दिर व्यवस्थापनका अनुसार यहाँ गै-हिन्दूलाई पनि पूर्ण रूपमा स्वागत गरिन्छ।

यस अवसरमा मन्दिरमा केही दिनसम्म चल्ने परम्परागत अभिषेक समारोह महाकुम्भाभिषेकम् आयोजना गरिएको छ। कार्यक्रम आगामी ७ जुनसम्म चल्नेछ। उद्घाटनको विशेष अवसरमा शुक्रबार र शनिबार साँझ सांस्कृतिक कार्यक्रम पनि आयोजना भइरहेका छन्।

यो भव्य मन्दिर निर्माणमा करिब ११ लाख युरो लागत लागेको बताइएको छ। यो रकम भक्तजनहरूको दान र स्वयंसेवकहरूको योगदानबाट जुटाइएको थियो। मन्दिर निर्माण गर्ने मुख्य समितिमा तमिल र दक्षिण एसियाली मूलका सदस्यहरू छन्। उनीहरूले वर्षौँको मेहनतपछि यो परियोजनालाई साकार पारेका हुन्।

प्रकाशित: २२ जेठ २०८३ १५:४८ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast