तनहुँमा तरकारी बोकेको जिप र कन्टेनर ठोक्कियो

हिमाल प्रेस २२ जेठ २०८३ १२:१० | Friday, June 5, 2026
8
SHARES
तनहुँमा तरकारी बोकेको जिप र कन्टेनर ठोक्कियो

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ ढावटारमा शुक्रबार बिहान तरकारी बोकेको बोलेरो जिप र कन्टेनर  ठोक्किएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई सवारी साधन आपसमा ठोकिँदा बोलेरो जिपमा सवार दुई जना घाइते भएका छन्।

घाइतेहरूको पहिचान र अवस्था भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडक केही समय अवरुद्ध भएको र अहिले भने आवागमन सामान्य बनाइएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रकाशित: २२ जेठ २०८३ १२:१० | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast