यो साताको अन्त्यसम्म इरानसँग सम्झौता हुन सक्छ : ट्रम्प

हिमाल प्रेस २१ जेठ २०८३ १५:४६ | Thursday, June 4, 2026
यो साताको अन्त्यसम्म इरानसँग सम्झौता हुन सक्छ : ट्रम्प फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो हप्ताको अन्त्यसम्म इरानसँग सम्झौता हुने सम्भावना रहेको बताएका छन्। ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

पत्रकारहरूले राष्ट्रपति ट्रम्पलाई कुवेतमा अमेरिकी स्थानहरूमा इरानको आक्रमणपछि पनि युद्धविराम लागू नै रहको भन्ने प्रश्न सोधेका थिए।

जवाफमा उनले भने, ‘हरेक कुरा कुनै न कुनै कारणले हुन्छ।’

ट्रम्पले कुवेतमा इरानी आक्रमणभन्दा एक रातअघि अमेरिकी सेनाले इरानमाथि निकै कडा प्रहार गरेको बताए।

बुधबार इरान र अमेरिकाबीच तनावको नयाँ लहर देखिएको थियो, जसमा दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेर र त्यसलाई ‘आत्मरक्षा’ बताए।

इरानले मिसाइल र ड्रोनको माध्यमबाट यस क्षेत्रमा अमेरिकाका सहयोगी देशहरूमा रहेका अमेरिकी सैन्य स्थलहरूलाई निशाना बनाएको बताएको छ।

ट्रम्पले भने,‘हामी इरानीहरूमाथि निकै कडा रुपमा आक्रमण गरिरहेका छौँ, त्यसैले केही कुराहरू कुनै कारणले हुन्छन्।’

प्रकाशित: २१ जेठ २०८३ १५:४६ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast