विधि विज्ञान प्रयोगशाला विषयमा विज्ञसहित दफावार छलफल गर्ने समितिको निर्णय

हिमाल प्रेस २१ जेठ २०८३ १५:३१ | Thursday, June 4, 2026
22
SHARES
विधि विज्ञान प्रयोगशाला विषयमा विज्ञसहित दफावार छलफल गर्ने समितिको निर्णय समिति सभापति डा.ओजस्वी शेरचन

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विषयमा छलफल भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमेत उपस्थित उक्त बैठकमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनबारे समिति सदस्यहरूले आआफ्नो धारणा राखेका समिति सभापति डा.ओजस्वी शेरचनले जानकारी दिइन्।

प्रारम्भिक छलफलपछि उक्त विषयलाई थप विस्तृत रूपमा अगाडि बढाउने सहमति भएको सभापति डा.शेरचनले जानकारी दिइन्।

समितिले उक्त विषयमा अर्को बैठकमा विज्ञहरूलाई आमन्त्रण गरी दफावार छलफल गर्ने निर्णय गरिएको छ।

प्रकाशित: २१ जेठ २०८३ १५:३१ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast