प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण माग्ने विपक्षीको तयारी

हिमाल प्रेस १८ जेठ २०८३ १३:३८ | Monday, June 1, 2026
प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण माग्ने विपक्षीको तयारी

काठमाडौँ- नेपालको भूभागबारे आइतबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले दिएको अभिव्यक्तबारे प्रतिपक्षीहरूले स्पष्टीकरण माग्ने तयारी गरेका छन्। प्रतिनिधिसभा बैठक अगाडि संयुक्तरूपमा बसेको प्रतिपक्षीहरूको बैठकले संसदमा दिएको अभिव्यक्ति प्रस्ट पार्नुपर्न अनुरोध गर्ने तयारी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले नेपालले भारतको भूमि मिचेको भनेर संसदमा दिएको अभिव्यक्ति प्रस्ट पार्नुपर्ने बताएकी छन् ।  ‘प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिमा ठुलो आपत्ति छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदमा आएर नेपालले अर्को देशको भूमि मिचेको छ भन्नुभयो अत्यन्त गम्भीर छ ।’

उनले राप्रपाले यसबारे स्पष्ट पार्न भनेको भन्दै विपक्षी दलहरूको समेत यसमा एउटै धारणा बनेको बताइन् । ‘प्रधानमन्त्रीले यसबारे प्रस्ट पार्नुपर्छ भन्ने प्रतिपक्षको माग छ, त्यही विषय सदनमा उठाउँछौ । उहाँ (प्रधानमन्त्री) ले प्रस्ट पार्नुपर्छ’, ओलीको भनाइ छ ।

 

प्रकाशित: १८ जेठ २०८३ १३:३८ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast