तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गरिने

हिमाल प्रेस १५ जेठ २०८३ १७:०९ | Friday, May 29, 2026
तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गरिने

काठमाडौँ- सरकारले हुलाकी राजमार्ग निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले यो जानकारी दिए।

हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड विनियोजन गरिएको उनले बताए।

आगामी आर्थिक वर्षमा काठमाडौँ–तराई– मधेश द्रुतमार्गमा आगामी आर्थिक वर्षमा ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गरिने उनले बताए। यस मार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन गरिएको वाग्लेले बताए।

वाग्लेले बर्दिवासदेखि काठमाडौँ–तराई दु्रतमार्ग प्रस्थान विन्दु सम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाइने जानकारी दिए।

त्यस्तै निर्माणाधीन बथनाहा–विराटनगर तथा जनकपुर–जयनगर–बर्दिवास रेलमार्ग निर्माण गर्न बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरिएको उनले बताए।

प्रकाशित: १५ जेठ २०८३ १७:०९ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast