परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्‍न देशका राजदूतको भेट

हिमाल प्रेस १८ माघ २०७९ १९:४० | Wednesday, February 1, 2023
परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्‍न देशका राजदूतको भेट परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल।

काठमाडौँ– परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीसँग बुधबार मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्यान्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गरेको मन्त्रालयले जनाएको छ।

मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापलरले गरेको भेटमा नेपालमा स्वीस् विकास कोअपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।

यस्तै मन्त्री पौड्यालसँग आजै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले पनि शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरूबीचको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ माघ २०७९ १९:४० | Wednesday, February 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast