८ विश्वविद्यालयका उपकुलपतिका लागि १८८ दरखास्त स्वीकृत (नामावलीसहित)

हिमाल प्रेस १३ जेठ २०८३ २०:५३ | Wednesday, May 27, 2026
18
SHARES
८ विश्वविद्यालयका उपकुलपतिका लागि १८८ दरखास्त स्वीकृत (नामावलीसहित)

काठमाडौँ- विभिन्न आठवटा विश्विद्यालयहरूमा रिक्त रहेको उपकुलपति पदका लागि परेका आवेनहरूमध्ये योग्य आवेदकहरूको दरखास्त स्वीकृत भएको छ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षिजनक विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न सरकारले आवेदन माग गरेको थियो।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि कुल २१८ वटा निवेदन परेका थिए। जसमध्ये १८८ दरखास्त स्वीकृत भएका छन्।

कार्यविधिमा तोकिएको आवश्यक मापदण्ड र योग्यताका आधारमा जाँचबुझपछि योग्य ठहरिएका आवेदन स्वीकृत गरिएको हो।

उपकुलपति सिफारिस समितिको बुधबार (जेठ १३ गते) बसेको बैठकको निर्णयअनुसार विश्वविद्यालयगत रूपमा प्राप्त भएका दरखास्तहरू स्वीकृत गर्ने निर्णय भएको समितिले जनाएको छ।

प्रकाशित: १३ जेठ २०८३ २०:५३ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast