वीरगञ्जका मेयर सिंहविरूद्ध पक्राउ पुर्जी

हिमाल प्रेस १२ जेठ २०८३ १९:०१ | Tuesday, May 26, 2026
10
SHARES
वीरगञ्जका मेयर सिंहविरूद्ध पक्राउ पुर्जी मेयर राजेशमान सिंह

काठमाडौँ- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

पर्सा जिल्ला अदालतले मंगलबार मेयर सिंद्धविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले मेयर सिंहविरूद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीमा लिखतसम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको उनले सूचना अधिकारी यादवले बताए।

चारवटा उजुरी दर्ता भएकोमा सिंहविरूद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो। उनीमाथि राहदानीसम्बन्धी कसुर, नागरिकतासम्बन्धी कसुर, सरकारी छाप किर्ते र लिखतसम्बन्धी कसुरमा उजुरी परेकोमा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पर्सा जिल्ला अदालतले जनाएको छ।

लिखतसम्बन्धी कसुर ठहर भए सात वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ।

सिंहले अरूको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता बनाउन लगाएको आरोप लागेको थियो। उनले नक्कली कागजात पेस गरेर नागरिकता बनाउन लगाएको आरोपमा प्रहरीमा उजुरी परेको थियो।

प्रकाशित: १२ जेठ २०८३ १९:०१ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast