‘पार्टी सभापतिको भारत जाने विषय प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित छैन’

हिमाल प्रेस ११ जेठ २०८३ १७:३२ | Monday, May 25, 2026
14
SHARES
‘पार्टी सभापतिको भारत जाने विषय प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित छैन’

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत जाने विषय प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित नरहेको बताएका छन्।

सरकारका प्रवक्तासमेत रहेका पोखरेलले सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछाने भारत जाने विषय प्रधानमन्त्रीको भ्रमणसँग कुनै सम्बन्ध नरहेको बताएका हुन्।

पोखरेलले प्रधानमन्त्री वालेन शाहको भारतसहितको वैदेशिक भ्रमण उपयुक्त समयमा हुने उल्लेख गरे।

त्यस्तै उनले प्रधानमन्त्रीले आवश्यकताका आधारमा सम्बोधन गर्ने बताएका छन्। ‘गणतन्त्र दिवसको सन्दर्भमा प्रधानमन्त्रीले किन सम्बोधन नगर्ने हुनुभएको’ प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast