ह्वाइट हाउसबाहिर कसले चलायो गोली?

हिमाल प्रेस १० जेठ २०८३ १५:०९ | Sunday, May 24, 2026
6
SHARES
ह्वाइट हाउसबाहिर कसले चलायो गोली?

काठमाडौँ- अमेरिकाको वासिङ्टनस्थित ह्वाइट हाउसबाहिर भएको गोलीकान्डमा मारिएका व्यक्तिको पहिचान खुलेको छ। ती व्यक्ति २१ वर्षीय नासिर बेस्ट हुन्।

घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले मारिएका व्यक्ति नासिर बेस्ट रहेको जनाएको हो।

उनी यसअघि पनि अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा प्रवेश गर्ने प्रयास गरेका थिए। सन् २०२५ मा ह्वाइट हाउसभित्र पस्ने प्रयास गर्दा बेस्टलाई अमेरिकी सिक्रेट सर्भिसले पक्राउ गरेको थियो।

त्यसपछि उनलाई मानसिक समस्याका कारण मानसिक अस्पताल पठाइएको थियो।

सिक्रेट सर्भिसको बयानअनुसार स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्युजनजिकै ती व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाउन सुरू गरेका थिए।

सिक्रेट सर्भिस प्रहरीको जवाफी कारबाहीमा उनलाई गोली लागेको थियो। बेस्टलाई अस्पताल लगिएकोमा मृत घोषित गरिएको थियो।

गोलीबारी भएको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। यद्यपि उनको सुरक्षामाथि केही प्रभाव नपरेको बताइएको छ। घटना भएको बेला त्यहाँ कैयौँ पत्रकारहरू पनि उपस्थित थिए।

सञ्चारमाध्यमहरूका अनुसार त्यहाँ १५ देखि ३० गोली चलेको थियो। घटनाका सम्बन्धमा राष्ट्रपति ट्रम्पको कुनै प्रतिक्रिया आएको छैन।

एक महिनाअघि ह्वाइट हाउस करसपोन्डेन्ट्स डिनरमा पनि गोलीबारी भएको थियो। त्योबेला गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १० जेठ २०८३ १५:०९ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast