अमेरिकाले टस जित्यो, यस्तो छ नेपालको प्लेइङ-११

हिमाल प्रेस ८ जेठ २०८३ ९:४५ | Friday, May 22, 2026
6
SHARES
अमेरिकाले टस जित्यो, यस्तो छ नेपालको प्लेइङ-११

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुँदैछ। अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

नेपालले पछिल्लो जितपछि आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन। लिग-२ अन्तर्गत बाँकी खेलहरू जित्नुपर्ने दबाबका कारण आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।

विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित राख्न र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाललाई शीर्ष ६ भित्र रहनुपर्ने चुनौती छ।

नेपालको प्लेइङ-११ यस प्रकार रहेको छ :

विकेटकिपर: आसिफ शेख

कुशल भुर्तेल

ईशान पाण्डे

रोहित पौडेल (कप्तान)

दीपेन्द्र सिंह ऐरी

आरिफ शेख

गुलशन झा

सोमपाल कामी

नन्दन यादव

सन्दीप लामिछाने

ललित राजवंशी

प्रकाशित: ८ जेठ २०८३ ९:४५ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast