रुकुम पश्चिममा विद्युत् मर्मत गर्दा करेन्ट लागेर एक युवकको मृत्यु

हिमाल प्रेस ८ जेठ २०८३ ६:१८ | Friday, May 22, 2026
4
SHARES
रुकुम पश्चिममा विद्युत् मर्मत गर्दा करेन्ट लागेर एक युवकको मृत्यु सांकेतिक तस्बिर।

रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका-१३ धाराका २५ वर्षीय प्रेम खत्रीको बिहीबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनका अनुसार बिहीबार साँझ घरदेखि करिब एक किलोमिटर टाढा रहेको विद्युत्को खम्बामा चढेर मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो। खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए।

प्रकाशित: ८ जेठ २०८३ ६:१८ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast