कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

हिमाल प्रेस ७ जेठ २०८३ ९:०७ | Thursday, May 21, 2026
4
SHARES
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै फाइल तस्बिर

काठमाडौँ- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने छ ।

प्रकाशित: ७ जेठ २०८३ ९:०७ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast