मूल्य नियन्त्रण सरकारको संवेदनशीलता र क्षमताको परीक्षण हो : सांसद लामा

हिमाल प्रेस ५ जेठ २०८३ १३:२५ | Tuesday, May 19, 2026
12
SHARES
मूल्य नियन्त्रण सरकारको संवेदनशीलता र क्षमताको परीक्षण हो : सांसद लामा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले अस्वभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवन निकै कष्टकर भएको भन्दै तत्काल बजार हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारलाइ सुझाव दिएकी हुन्।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको करमा पुनरावलोकन गर्दै जनतालाई प्रत्यक्ष राहतका लागि संरचनामा सुधार गर्न उनले माग गरिन्। मूल्य नियन्त्रण जनताको क्रयशक्ति बढाउने नीतिगत हस्तक्षेपको विषय भएको भन्दै उनले यो सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको परीक्षणसमेत भएको धारणा राखिन्। यस परीक्षणमा सरकार पास हुने हो वा फेल हुने हो भन्ने सरकारकै हातमा रहेको उनले बताइन्।

दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा सम्बोधन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ।

प्रकाशित: ५ जेठ २०८३ १३:२५ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast