सन्दीप बने ओडीआईमा कम खेलमा १५० विकेट लिने खेलाडी, बनाए कीर्तिमान

हिमाल प्रेस ४ जेठ २०८३ ११:०० | Monday, May 18, 2026
2
SHARE
सन्दीप बने ओडीआईमा कम खेलमा १५० विकेट लिने खेलाडी, बनाए कीर्तिमान

काठमाडौँ- नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्। सन्दीपले ७३ खेलमा यो आँकडा पार गरेका हुन्। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ९ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन्। स्कटल्याण्डसँग अहिले भइरहेको खेलमा ब्राण्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करियरमा आफ्नो १५० विकेट पूरा गरेका हुन्।

सन् २०१९ जुन ६ मा वेस्ट इण्डिजसँगको खेलबाट ७७ खेल खेल्दै स्टार्कले कीर्तिमानी १५० विकेट पूरा गरेका थिए। सन्दीपले भने ७३ खेलमा यो आँकडा पार गरेका हुन्।

सन्दीपले ३ वर्ष अघि ४२ खेलमा १०० विकेट पूरा गर्दै ४४ खेलमा रशिद खानले पार गरेको आँकडाको कीर्तिमान पनि तोडेका थिए।

सन्दीप यसबीचमा ५० विकेट पूरा गर्न मात्र ३१ ओडिआई खेल लगाएका थिए। सन्दीपले नेपाल १ अगस्ट २०१८ मा नेदरल्याण्ड्ससँग खेलेको पहिलो ओडिआईमा डेब्यु गरेका थिए।

प्रकाशित: ४ जेठ २०८३ ११:०० | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast