काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सोमबार बिहान ११ बजे बस्ने आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि आजको बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।
गएको वैशाख ३१ गते विपक्षी दलको वहिष्कार अवरोधकाबीच सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो। त्यसपछि स्थगित भएको बैठक आज बस्न लागेको हो।




