काठमाडौँ- नेपाल सुपर लिगको चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ।
फ्रेन्चाइजमा आधारित यस फुटबल लिगको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रमका बीच आधिकारिक रूपमा नयाँ संस्करणको घोषणा गरेको हो।
अब लिग ‘होम एण्ड अवे’ (आफ्नो र विपक्षीको मैदान) प्रणाली अन्तर्गत खेलाइनेछ। यसअघिका सबै संस्करणहरू एउटै रंगशालामा आयोजना गरिएका थिए।
त्यसैगरी, आयोजकले आगामी सिजनमा टोलीहरूको संख्या बढाएर १० देखि १२ पुर्याउने तयारी पनि गरिरहेको छ।
काठमाडौँरेजर्स, धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी सहभागी थिए।
दोस्रो सिजनमा आयोजकले तीनवटा नयाँ टोलीहरू स्पोर्टिङ इलाम डी मेची एफसी, झापा एफसी र वीरगन्ज युनाइटेड एफसी थप गरे पनि तेस्रो सिजनमा स्पोर्टिङ इलाम, विराटनगर सिटी र वीरगन्ज युनाइटेडले सहभागिता जनाएनन्।
लिग उद्घाटन संस्करण काठमाडौँ रेजर्सले जितेको थियो भने पछिल्ला दुई संस्करणको उपाधि ललितपुर सिटीले उचालेको छ।




