काठमाडौँ- चन्द्रागिरि नगरपालिका–३, थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ । भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उक्त घटनाका आरोपित समीलाई नियन्त्रणमा लिइएको छ । मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पठाइएको छ । रासस
प्रकाशित: ३ जेठ २०८३ ९:१७ | Sunday, May 17, 2026
प्रतिक्रिया




