२४ घण्टामा सवारीचालकलाई कारबाही गर्दा उठ्यो ४ लाख १७ हजार राजस्व

हिमाल प्रेस ३ जेठ २०८३ ८:१४ | Sunday, May 17, 2026
6
SHARES
२४ घण्टामा सवारीचालकलाई कारबाही गर्दा उठ्यो ४ लाख १७ हजार राजस्व

काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा  चार लाख १७ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो।

‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको हो।

 

प्रकाशित: ३ जेठ २०८३ ८:१४ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast