ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व संकलन

हिमाल प्रेस १७ वैशाख २०८३ १०:२८ | Thursday, April 30, 2026
8
SHARES
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व संकलन सवारीसाधनको कागजपत्र जाँच गर्दै एक ट्राफिक प्रहरी।

काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो ।

‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित: १७ वैशाख २०८३ १०:२८ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast