फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका विषयलाई बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका छन्।
काठमाडौँमा शनिबार नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै विषय छुटेको भन्दै त्यस्ता विषय बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका हुन्।
उनले नीति तथा कार्यक्रमको छलफललाई केही घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि व्यक्त गरे। यसअघि तीन दिन हुने छलफललाई घण्टामा सक्काउँदा सरकारले आवश्यक प्रक्रिया उनको भनाइ थियो।
आङदेम्बेले नीति तथा कार्यक्रममा धेरै छलफल गर्न नपाए पनि प्रिबजेटमा भने पर्याप्त छलफल हुने विश्वास व्यक्त गरे। उनेले विरोधका निम्ति विरोध गर्ने प्रतिपक्षीको हिजोको शैली अब नदोहरिने भन्दै परिणामको निम्ति साथ दिने धारणा राखे। सरकारको क्रियाकलाप हेर्दा परिणाम दिने बाटो तय भएको नदेखिएको उनले बताए।
आङदेम्बेले सकारात्मक सोचका सरकारका राम्रा कुरालाई साथ र नराम्रा कुरामा सजक गराउने गरी प्रतिपक्ष बेन्च प्रस्तुत भएको बताए।




