‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

हिमाल प्रेस २ जेठ २०८३ १२:३१ | Saturday, May 16, 2026
4
SHARES
‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

काठमाडौँ- प्रवेश पौडेलको निर्देशनमा फिल्म ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए ।

साउनबाट सिनेमाको छायांकन सुरु हुनेछ । नेपालसँगै युरोप र अस्ट्रेलियामा समेत सिनेमाको छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ ।

फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमालाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । यो फिल्ममा शरद महतोको डीओपी रहनेछ ।

प्रकाशित: २ जेठ २०८३ १२:३१ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast