राष्ट्रिय भलिबल टोलीको कप्तान बनिन् निरुता ठगुन्ना

हिमाल प्रेस २ जेठ २०८३ ७:५५ | Saturday, May 16, 2026
8
SHARES
राष्ट्रिय भलिबल टोलीको कप्तान बनिन् निरुता ठगुन्ना

काठमाडौँ- राष्ट्रिय भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना चयन भएकी छन्। शुक्रबार नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको ६९औँ बैठकले निरुतालाई कप्तान चयन गरेको हो। उनी राष्ट्रिय टोलीकी सिनियर खेलाडी हुन्।

निरुताको कप्तानीमा महिला टोलीले घरेलु मैदानमा काभा महिला भलिबल च्याम्पियनसिप खेल्दैछ। नियमित कप्तान अरुणा शाही अस्ट्रेलिया लागेपछि नेपाली टोलीको कप्तानबारे चर्चा हुदै आएको थियो। कप्तानको रुपमा निरुतासँगै उषा भण्डारी र सलिना श्रेष्ठलगायतको चर्चा चलेको थियो।

दुई वर्ष त्रिभुवन आर्मी क्लबमा बिताएकी निरुताले २०७६ मा एपीएफ पुगेकी हुन्। २०७६ कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्दा निरुता टोलीकी सदस्य थिइन्। मंसिरमा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले रजत पदक जित्दा पनि निरुता टोलीकी महत्त्वपूर्ण सदस्य थिइन्।

 

प्रकाशित: २ जेठ २०८३ ७:५५ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast