हल्दीबारीका किसानलाई १८ लाखका कृषि सामग्री वितरण

हिमाल प्रेस १ जेठ २०८३ ५:४५ | Friday, May 15, 2026
4
SHARES
हल्दीबारीका किसानलाई १८ लाखका कृषि सामग्री वितरण

झापा- हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँबराबरका कृषि सामग्री वितरण गरेको छ।

‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष खड्कबहादुर लावतीका अनुसार ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १.५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा तथा ३० जनालाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ।

त्यसैगरी, मकैखेती प्रवर्द्धनका लागि २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो तथा २१ जनालाई मकै छोडाउने मेसिन प्रदान गरिएको उनले बताए।

पशुपालनमा संलग्न १६ जना किसानलाई घाँस काट्ने चापकटरसमेत वितरण गरिएको छ।

अध्यक्ष लावतीले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले यस्ता कार्यक्रमले किसानको उत्पादन लागत घटाउन र व्यावसायिक खेती विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १ जेठ २०८३ ५:४५ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast