राहत शिक्षकले राम्रो पढाउँदैनन् : महावीर पुन

हिमाल प्रेस ३१ वैशाख २०८३ १७:१८ | Thursday, May 14, 2026
938
SHARES
राहत शिक्षकले राम्रो पढाउँदैनन् : महावीर पुन

काठमाडौँ- स्वतन्त्र सांसद महावीर पुनले सामुदायिक विद्यालयमा कार्यरत राहत कोटाका शिक्षकले राम्रोसँग नपढाउने बताएका छन्। पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

उनले भने, ‘राहत कोटामा बसेको शिक्षकले राम्रो पढाउँदै पढाउँदैन। जागिरको स्थायित्व नरहेका कारण उसले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नका लागि अर्को उपाय खोजी गर्नुपर्छ।’

उनले माध्यमिक शिक्षामा २०५६ सालदेखि शिक्षकको दरबन्दी नबढाइएको बताए। उनले भने, ‘राहत कोटा के कोटा भनेर चाहिँ करिब ४५ हजार शिक्षकहरू छन्। तिनलाई कोटामा परिवर्नन गरियोस्।’

उनले विज्ञान प्रविधि र नवप्रर्वतन मन्त्रालय गठन गरेकोमा सरकारलाई धन्यवाद दिए। उनले मन्त्रालयको नाममा अनुसन्धान भन्ने छुटेको बताए।

उनले भने, ‘विज्ञान प्रविधि र अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय हुनुपर्नेमा अन्यथा भएको छ।’ उनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत छुट्ट्याउन सरकारलाई आग्रह गरे।

प्रकाशित: ३१ वैशाख २०८३ १७:१८ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast