१०.०७ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस ३१ वैशाख २०८३ १६:१३ | Thursday, May 14, 2026
16
SHARES
१०.०७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- नेप्से परिसूचक १०.०७ अंकले घटेर २,७३०.१७ विन्दुमा बन्द भएको छ। योसँगै नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन बिहीबार पनि ओरालो लागेको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयतिर केही सुधार देखिए तापनि अन्ततः रातो रङमै सीमित भयो।

बिहीबार १७४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८० वटाको बढ्यो र १४ वटाको मूल्य स्थिर रह्यो। गिरावट भए तापनि कारोबार रकममा भने केही सुधार आई रु ३.२९ अर्ब पुगेको छ, जसमा ४६,४०२ पटकको कारोबारमार्फत ७९.५ लाख कित्ता सेयर खरिद-बिक्री भए।

कम्पनीहरूको हकमा युनियन हाइड्रोपावर लिमिटेडले सबैभन्दा धेरै ११.२५ प्रतिशत नाफा कमाएको छ। अर्कोतर्फ, एसियन हाइड्रोपावर लिमिटेडले सबैभन्दा धेरै ९.८९ प्रतिशत घाटा बेहोरेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रु ३७.६८ करोड सहित शीर्ष स्थानमा रह्यो। त्यसपछि क्रमशः साहस ऊर्जा लिमिटेड (रु १८.७७ करोड) र एसवाई प्यानल (नेपाल) लिमिटेड (रु १८.५४ करोड) को बढी कारोबार भयो।

उप-सूचकहरूमध्ये तीनवटा समूह सकारात्मक रहे भने बाँकी १० वटा समूह नोक्सानमा रहे। ‘ट्रेडिङ’ उपसूचकमा ०.३२ प्रतिशतको सामान्य गिरावट देखिए पनि अन्य उपसूचकमा सबैभन्दा धेरै २ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १६:१३ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast