काठमाडौँ- सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कारोबार नगदरहित बनाइने बताएका हुन्।
यसैगरी उनले सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतीको नीति लिइने बताए। यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने उनले बताए।
प्रकाशित: २८ वैशाख २०८३ १६:३३ | Monday, May 11, 2026
प्रतिक्रिया



