प्रतिनिधिसभा बैठकमा आठवटै अध्यादेश पेस

हिमाल प्रेस २८ वैशाख २०८३ १५:२६ | Monday, May 11, 2026
4
SHARES
प्रतिनिधिसभा बैठकमा आठवटै अध्यादेश पेस

काठमाडौँ- सरकारले विभिन्न अध्यादेशहरू प्रतिनिधिसभा बैठकमा पेस गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका विभिन्न आठवटा अध्यादेश पेस गरिएको हो।

बैठकमा कानुनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरेकी थिइन्।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सम्पत्ति शुद्धीकरण निवारण तेश्रो संशोधन अध्यादेश प्रस्तुत गरे। भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थय विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गरे।

त्यस्तै बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८३ १५:२६ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast