सुरु भयो बजेट अधिवेशन, सरकारको कार्यशैलीप्रति विपक्षी दलको विरोध

हिमाल प्रेस २८ वैशाख २०८३ १५:०६ | Monday, May 11, 2026
32
SHARES
सुरु भयो बजेट अधिवेशन, सरकारको कार्यशैलीप्रति विपक्षी दलको विरोध

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ। यो बजेट अधिवेशन पनि हो।

आज (सोमबार) को बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ-आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका थिए।

त्यसपछि नेपाली कांग्रेस, नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो।

बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ। यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीन/तीन मिनेट बोल्न समय दिइएको थियो।

बैठकमा विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।

उनीहरूले सरकारले ल्याएको अध्यादेश र अव्यवस्थित-सकुम्वासी वस्ती हटाउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन्।

बैठकमा कांग्रेसका निश्कल राईले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने गरी प्रतिनिधिसभा नियमावली मस्यौदा अघि बढाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए।

बैठकमा नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास भएको बताइन्।

त्यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकार निरंकुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए। उनले अध्यादेश ल्याएर संवैधानिक परिषद्लाई बहुमतको खेलमा अल्झाएर सहमतिको औचित्यलाई खिल्ली उडाएको बताए।

अब अपराह्न ४ बजे संयुक्त बैठक बस्ने गरेर सदन स्थगित गरिएको छ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रकाशित: २८ वैशाख २०८३ १५:०६ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast