सगरमाथा आरोहणको तयारीका क्रममा खुम्बु आइसफलमा प्रशिक्षण सत्रमा सहभागी आरोहीहरू। तस्बिरहरू : एपी/रासस
काठमाडौँ- सर्वोच्च शिखर सगरमाथामा आरोहीको लर्को लागेको छ। पर्यटन विभागका अनुसार यस सिजनमा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५५ देशका आरोहीहरूले अनुमति पाएका छन्।
सबैभन्दा धेरै एक सय नौ चिनियाँ आरोही छन्। त्यसपछि अमेरिकाका ७६ र भारतका ६१ आरोही छन्। बेलायत, रुस र अस्ट्रेलियाबाट क्रमशः ३२, १८ र १५ आरोहीले अनुमति लिएको विभागले जनाएको छ।





प्रकाशित: २८ वैशाख २०८३ १४:५९ | Monday, May 11, 2026
प्रतिक्रिया



