लेक लागेर सगरमाथा आरोहीको मृत्यु

हिमाल प्रेस २७ वैशाख २०८३ १३:४४ | Sunday, May 10, 2026
12
SHARES
लेक लागेर सगरमाथा आरोहीको मृत्यु

सोलुखुम्बु- सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका-७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प-१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४:०० बजेतिर अचानक बिरामी परेका थिए।

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो। ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’ को रूपमा समेत कार्यरत थिए।

प्रकाशित: २७ वैशाख २०८३ १३:४४ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast