सुनचाँदीको मूल्यमा उतारचढाव, आज प्रतितोला कति?

हिमाल प्रेस २७ वैशाख २०८३ ११:३५ | Sunday, May 10, 2026
16
SHARES
सुनचाँदीको मूल्यमा उतारचढाव, आज प्रतितोला कति?

काठमाडौँ- गत शुक्रबारको तुलनामा बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु २५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ३०० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २७ वैशाख २०८३ ११:३५ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast