काठमाडौँ- एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो। अमेरिकाका लागि स्मित पटेलले शतकीय पारी खेले। उनले १०७ बल खेल्ने क्रमा १० चौका र ५ छक्कासहित ११६ रन बनाए।
त्यस्तै हरमित सिंहले अविजित २५, जसदीप सिंहले अविजित ३३ रन, शायन जहाँगिरले नौ, कप्तान मोनाङ्क पटेलले २०, सैतेजा मुक्कामल्लाले १०, मिलिन्द कुमारले सात, शुभम् रञ्जनेले १६, सञ्जय कृष्णमूर्तिले १५ तथा सेहान जयसूर्याले सात रन बनाए।
बलिङतर्फ नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई तथा विपिन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले एक एक विकेट लिए।
प्रकाशित: २५ वैशाख २०८३ १४:०० | Friday, May 8, 2026
प्रतिक्रिया



