सुनचाँदीको मूल्य आज पनि बढ्यो

हिमाल प्रेस २५ वैशाख २०८३ ११:२४ | Friday, May 8, 2026
16
SHARES
सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ- बिहीबारको तुलनामा बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २७५ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १५५ मा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८३ ११:२४ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast