आज अकबरे खुर्सानी प्रतिकिलो ६०० रुपैयाँ, माछा कति?

हिमाल प्रेस २५ वैशाख २०८३ ९:२३ | Friday, May 8, 2026
14
SHARES
आज अकबरे खुर्सानी प्रतिकिलो ६०० रुपैयाँ, माछा कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुर्सानी, माछालगायतको मूल्य तोकेर सार्वजनिक गरेको छ। जसअनुसार अदुवा प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ ।

सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ तथा हरियो खुर्सानी १०० रुपैयाँमा कारोबार भइरहेको छ। माछे खुर्सानी ६० रुपैयाँ भए पनि अकबरे हरियो खुर्सानी प्रतिकिलो ६०० रुपैयाँ पुगेको छ। भेडेखुर्सानी ८० रुपैयाँ, बुलेट खुर्सानी १०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ र हरियो धनियाँ ८० रुपैयाँ कायम भएको छ।

यसैगरी चाइनिज सुकेको लसुन १९० रुपैयाँ र नेपाली लसुन ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। सुकेको माछा प्रतिकिलो ८०० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ तथा छडी माछा ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८३ ९:२३ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast