भेडा चराउन गएका बालकको काठको मुढाले च्यापिएर मृत्यु

हिमाल प्रेस २५ वैशाख २०८३ ६:१० | Friday, May 8, 2026
12
SHARES
भेडा चराउन गएका बालकको काठको मुढाले च्यापिएर मृत्यु

हुम्ला- काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो।

सर्केगाड–८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढाको भेडा चराउन गएको बेला काठको मुढाले च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।

काठ चिरान गर्ने क्रममा सर्केगाड–८ का धनविर सार्की र सोही ठाउँका सुकविर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक बुढा मुढाले च्यापिएका थिए।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए। धनवीर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २५ वैशाख २०८३ ६:१० | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast