लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

हिमाल प्रेस २४ वैशाख २०८३ २१:१५ | Thursday, May 7, 2026
12
SHARES
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ- प्रहरी देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ, बारालगायत जिल्लाबाट प्रहरीले अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको हो।

चितवनको भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट तीन, मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट एक, मोरङ, पथरीशनिश्चरे नगरपालिका–४ मिलन चोकबाट तीन, ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट तीन र बाराको निजगढ नगरपालिका–११ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ वैशाख २०८३ २१:१५ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast