६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत तीन जनाको हुन सक्दैन : उपसभापति शर्मा

हिमाल प्रेस २४ वैशाख २०८३ १०:४१ | Thursday, May 7, 2026
16
SHARES
६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत तीन जनाको हुन सक्दैन : उपसभापति शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुनै नसक्ने बताएका छन्। आज साँझ प्रधानन्यायाधीश नियुक्ति गर्न परिषद् बैठक बस्दैछ। त्यसअघि उपसभापति शर्माको यस्तो भनाइ आएको हो।

बिहीबार शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘१४ जेठ ०८१ मा सर्वोच्चले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्यहुने व्याख्या गर्‍यो अर्थात् बहुमत हुन बहुसंख्यानै हुनुपर्छ। अर्थात् ६ सदस्यीय संवैधानिक परिषद्मा बहुमत ३ जनाको हुन सक्दैन।’

संविधानको धारा १२८(४) उल्लेख गर्दै शर्माले सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्ने बताए। उनले भने, ‘सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ अर्थात् बहुमत हुन बहुसंख्या हुनैपर्छ। उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रूपमा यही नै हो।’

यसबारे उपसभापति शर्माले दलहरूलाई गम्भीर रूपमा मनन गर्न आग्रह गरेका छन्। ‘शब्दमा भन्ने- ‘विगतका गल्ती सच्याउने’ अनि कर्ममा उत्तर कोरिया पछ्याउने? सम्बन्धि दलका जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन् ! ८० वर्षे न्यायिक इतिहासमा पंचायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो??’

प्रकाशित: २४ वैशाख २०८३ १०:४१ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast