सांसदहरूलाई विद्युतीय हाजिरी प्रणालीमार्फत हाजिरी गराइने

हिमाल प्रेस २४ वैशाख २०८३ ७:५९ | Thursday, May 7, 2026
सांसदहरूलाई विद्युतीय हाजिरी प्रणालीमार्फत हाजिरी गराइने

काठमाडौँ- संघीय संसद् सचिवालयले संसद्का सदस्यहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्विर संकलन गर्ने भएको छ ।

यसका लागि सचिवालयले सांसदहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन सूचना जारी गरेको छ ।

सचिवालयले ‍बुधबार जारी गरेको सूचनाअनुसार सांसदहरूले वैशाख २४, २५ र २८ गते आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुनुपर्नेछ । बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समिति वा अर्थ समितिको सभाकक्षमा यो कार्य गरिनेछ।

सदस्यहरूलाई संघीय संसदको लोगो लगाएको औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ, जहाँ उनीहरूको बायोमेट्रिक विवरण लिई औपचारिक तस्बिर खिचिनेछ ।

प्रकाशित: २४ वैशाख २०८३ ७:५९ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast