बाबुआमाको पिटाइबाट बालकको हत्या

हिमाल प्रेस १७ माघ २०७९ ७:२० | Tuesday, January 31, 2023
बाबुआमाको पिटाइबाट बालकको हत्या

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका छन्।

दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन्।

तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।

प्रकाशित: १७ माघ २०७९ ७:२० | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast