काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ।
दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौँ महानगरपालिका-३१, भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
चेक अनादर मुद्दामा जम्मा बिगो रकम ४० लाख रहेको र उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए।
प्रकाशित: २३ वैशाख २०८३ १६:११ | Wednesday, May 6, 2026
प्रतिक्रिया



