बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २३ वैशाख २०८३ ११:०० | Wednesday, May 6, 2026
6
SHARES
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ-  सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८०० बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० कायम भएको छ । मंगलबार उक्त परिणामको सुन दुई लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित: २३ वैशाख २०८३ ११:०० | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast