कारागारबाट भागेका कैदी नियन्त्रणमा

हिमाल प्रेस २३ वैशाख २०८३ ९:५७ | Wednesday, May 6, 2026
4
SHARES
कारागारबाट भागेका कैदी नियन्त्रणमा सांकेतिक तस्बिर

काठमाडौँ- कपिलबस्तु प्रहरीले कारागारबाट भागेका एक जना कैदी बन्दीलाई पुनः पक्राउ गरेको छ।

जिल्लाको यशोधारा गाउँपालिका – २ का ५२ वर्षीय बरसाति मुसलमान पक्राउ परेका हुन्। उनी जेनजी आन्दोलन पछिको असहज परिस्थितिको फाइदा उठाउँदै भदौ २५ गते कारागार कार्यालयबाट भागेका थिए ।

जिल्लाका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा २०८१ र१२र१८ गते जिल्ला अदालतले मुसलमानलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो।

मुसलमान मंगलबार यशोधारा गाउँपालिका – २ बाट पक्राउ परेका थिए।

पक्राउ पछि पुनः उनलाई बाँकी सजाय भुक्तान गर्नका लागि कारगारमा बुझाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

प्रकाशित: २३ वैशाख २०८३ ९:५७ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast