सशस्त्रका १८ जबान सम्पर्कविहीन

हिमाल प्रेस २३ वैशाख २०८३ ९:५६ | Wednesday, May 6, 2026
10
SHARES
सशस्त्रका १८ जबान सम्पर्कविहीन

काठमाडौँ- सशस्त्र प्रहरी बलका १८ जना प्रहरी जबान सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।

उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ।

‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा तपाइँ उपर प्रहरी नियमावली बमोजिम कारबाही हुने जानकारी गराइन्छ।’

प्रकाशित: २३ वैशाख २०८३ ९:५६ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast