फाइल तस्बिर।
काठमाडौँ- काठमाडौँ उपत्यकामा आज वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ। मौसम विभागका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम एकैछिन खुल्ने, फेरि बादल लाग्ने, पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम चलिरहने सम्भावना छ।
देशभरको सम्भावित मौसम र वर्षाका सम्बन्धमा भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्नेछ।
प्रकाशित: २३ वैशाख २०८३ ८:०२ | Wednesday, May 6, 2026
प्रतिक्रिया



